एनबी बैङ्कको भिसा क्रेडिट कार्ड |
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश (एनबी) बैङ्कले ग्राहकलाई अत्याधुनिक तथा गुणस्तरीय बैङ्किङ सेवा पु-याउने उद्देश्यले भिसा क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । बैङ्कले २४औं वार्षिकोत्सवका अवसरमा बुधवारदेखि लागू हुने गरी भिसा क्रेडिट कार्ड सञ्चालनमा ल्याएको हो । बैङ्कको भिसा क्रेडिट कार्ड स्वदेश तथा विदेशमा सञ्चालन गर्न सकिने बताइएको छ । यसअघि बैङ्कले भिसा डेबिट कार्ड पनि ल्याइसकेको छ ।