जनताको पीओएस सेवा शुरू |
काठमाडौं (आपास) । जनता बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि पीओएस सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल सरकारको नगदरहित कारोबारको अवधारणा एवम् ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त सेवा शुरू गरेको हो ।
बैंकका ट्राञ्जेक्शन बैंकिङ विभाग प्रमुख निरज शर्मा र आईमार्कका प्रबन्ध निर्देशक रामप्रसाद ढुङ्गानाले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बैंकले भिसा इण्टरनेशनलसँगको सहकार्यमा देशभरका शाखामार्फत विभिन्न व्यापारिक सङ्घसंस्था, अस्पताललगायतबाट पीओएस सेवा सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालनपछि ग्राहकले डेबिट तथा क्रेडिट कार्डमार्फत नगदरहित भुक्तानी कारोबार गर्न सक्ने बैंकको भनाइ छ ।