गुडविल फाइनान्सले ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा दियो आवेदन |
काठमाडौं । गुडविल फाइनान्सले २५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १ लाख ५० हजार इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक १२५ ब्याजदर पाइनेछ ।
कम्पनीले वर्ष अवधिको गुडविल फाइनान्स डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । यस फाइनान्सले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले मध्यम सुरक्षा जनाउने ‘इक्रा एनपी एलबीबी’ रेटिङ्ग दिएको छ ।
अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । यसअघि आइसीएफसी फाइनान्सले २० करोड रुपैयाँ बराबरको ऋणपत्र ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ ।