हिमालयन जनरल इन्स्योरेन्सको क्यान्सरसम्बन्धी सचेतना |
काठमाडौं (आपास) । हिमालयन जनरल इन्स्योरेन्सले क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।
कम्पनीको २५औं वर्ष प्रवेशका अवसरमा ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटलको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा कम्पनीका २३ जना महिला कर्मचारी र हस्पिटलका क्यान्सर विशेषज्ञबीच अन्तरक्रिया भएको थियो ।