गरिमाको दम्पती बचत खाता योजना |
काठमाडौं (आपास) । गरिमा विकास बैङ्कले ग्राहकहरुको हितका लागि ‘गरिमा दम्पती बचत खाता’ योजना ल्याएको छ । उक्त बचत योजनाको बैङ्कका अध्यक्ष चन्द्रकान्त बरालले बुधवार शुभारम्भ गरेका हुन् ।
प्रदेश नं. १ का विभिन्न स्थानमा स्थापित आठओटा शाखाको औपचारिक उद्घाटनका अवसरमा यो बचत योजना पनि सार्वजनिक गरिएको बैङ्कले जानकारी दिएको छ ।
यो खातामा वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने बैङ्कले जानकारी दिएको छ । बैंकका अनुसार यो खाता खोल्ने ग्राहकले एटीएम, मोबाइल बैङ्किङ सुविधा, सी–आस्बा र एबीबीएस सुविधा निःशुल्क रूपमा प्राप्त गर्न सक्नेछन् ।