तोकिएको समयभन्दा अघि नै गौरा कन्स्ट्रक्सनले सम्पन्न गर्यो विद्यालय पुनर्निर्माण |
काठमाडौं । गौरा कन्स्ट्रक्सनले तोकिएको समयभन्दा अघि विद्यालयले पुनर्निर्माण सम्पन्न गरेको छ । नेपाल पुनर्निर्माण प्राधिकरण अन्तरगत शिक्षा इकाईसँग सम्झौता गरेर विद्यालय भवन पुनर्निर्माण शुरु गरेको गौराले तोएिको समयभन्दै ७७ दिन अघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।
गौराले २०७५ असोज १५ मा नुवाकोटमा १९ वटा विद्यालय पुर्न्निर्माणका लागि प्राधिकरणसँगै सम्झौता गरेको थियो । जसमध्ये ६ वटा स्कुल तोकिएको समयभन्दा ७७ दिन अघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको गौराका प्रबन्ध निर्देशक कुमार पौडेलले जानकारी दिए । कुल १९ वटा स्कुलमध्ये गौराले आज एक कार्यक्रम गरी नुवाकोटको वेलकोटगढी नगरपालिका स्थित सरस्वती आधारभूत विद्यालयको हस्तान्तरण गरेको थियो ।
उक्त स्कुलको एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य नारायण खतिवडाले उद्घाटन गरेका थिए । सो स्कुल कुल १ करोड ४० लाख ६६ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको हो । साथै कम्पनीले बाँकी रहेको १३ वटा स्कुल पनि प्राधिकरणले तोकेको समयसिमाभन्दा अघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने जानकारी दिएको छ ।
साथै सरकरको तीब्र गतिमा पुनर्निर्माण गरी समृद्ध नेपाल बनाउने लक्ष्यलाई सहयोग गर्न कम्पनीले यथासक्दो छिटो काम गर्दै आएको समेत पौडेलले जानकारी दिए । २०३३ सालमा स्थापना भएको गौराले देशमा सडक, भवन, पुल, अस्पताल, जलविद्युत आयोजनाहरु निर्माण गर्दै आएको छ ।