फरवार्डले गर्योग लाभांश घोषणा, शेयरधनीलाई ३५.५५ बोनस शेयर र १२.५०५ नगद लाभांश |
काठमाडौं । गत वर्ष ३१ करोड नाफा कमाएको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले बम्पर लाभांश घोषणा गरेको छ । चालु आर्थिक वर्षमा उसले शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । घोषित लाभांशमा १२.५० प्रतिशत नगद लाभांश र ३५.५० प्रतिशत बोनस शेयर दिने छ ।
सुनसरीको दुहबी मुख्य कार्यालय भइ राष्ट्र बैंकबाट ’घ’ वर्गको इजाजत पाएको संस्थाको हाल चुक्ता पूँजी ३७ करोड ७६ लाख रूपैयाँ छ भने जगेडा कोषमा ८८ करोड रूपैयाँ छ । उसको जगेडा कोष मजबुत छ । प्रतिशेयर आम्दानी ८२ रूपैयाँ १९ पैसा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ ३ सय ३३ रूपैयाँ ५ पैसा छ । लाभांस घोषणापछि शेयर मूल्य २० रुपैयाँभन्दा माथिले बढेको छ ।