नबिल बैंकले खोल्यो ’ग्राहक सेवा केन्द्र’, २४सै घण्टा सेवा उपलब्ध |
काठमाडौं । नबिल बैंकले ’ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ। अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले ‘ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको बैंकले विज्ञप्तिमा जनाएको छ ।
नबिल ग्राहक सेवा केन्द्रले ग्राहकलाई २४सै घण्टा ३ सय ६५ दिन (२४×७) सेवा प्रदान गर्नेछ । यसले ग्राहकका लागि एकल विन्दुका रूपमा काम गर्ने छ ।
केन्द्रले आगमन र गमन कलहरू दुवै सम्हाल्नेछ र यसले देश तथा विदेशमा रहेका ग्राहकलाई सूचना आदानप्रदान कार्य गर्ने विज्ञप्तिमा जनाइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले केन्द्रले ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्दत गर्ने र ग्राहक ’सर्भिस डेलिभरी’ तथा ’कस्टमर एक्सपेरियन्स’ लाई अझ परिष्कृत बनाउने बताए । बैंकका देशभर ९२ शाखा, १ सय ४२ एटीएम काउण्टर छन् ।