टीभीएस टेस्ट राइडका २५ जना भाग्यशालीले चेन्नईको मद्रास मोटर रेसमा वाइक चलाउन पाउने |
काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे बाइक आरआर ३१० र अपाचे २०० फोभी टेस्ट राइडमा सहभागी मध्ये २५ जना भाग्यशाली विजेता चेन्नई गएका छन् ।
एकान्तकुना ड्राइभिङ स्कूलको मैदानमा संचालित छनोट चरणबाट उनीहरू उत्कृष्ट ठहरिएका छन् । उनीहरूले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउने अवसर पाउने छन् ।
’नेपालका बाइक राइडरहरू पनि क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न सक्षम छन् भन्ने उदाहरण हो यो,’ जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ’अन्तिम चरणको लागि छनोट भएका २५ जना बाइक राइडरहरूलाई म थप सफलताको शुभकामना व्यक्त गर्दछु ।’ नेपालमा अत्यधिक रुचाइएको टीभीएस अपाचे आरआर ३१० र २०० ४भी ले माइलेज अत्यधिक दिने कम्पनीको दाबी छ ।