नेपाल बंगलादेश बैंकको निːसहाय सेवा सदनलाई सहयोग |
काठमाडौं । नेपाल बंगलादेश बैंकले नयाँ बानेश्वर निस्सहाय सेवा सदनलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले हस्तान्तरण गरेको सो रकमले सदनका निːसहाय ज्येष्ठ नागरिकका लागि आवश्यक पर्ने विभिन्न सामग्री जुटाउन उपलब्ध गराइएको हो । यो सहयोगले सदनमा आश्रित सबै ज्येष्ठ नागरिकलाई बसोबास तथा स्वस्थ उपचारमा सहज हुने सदनका उपाध्यक्ष करुणागोविन्द श्रेष्ठले जानकारी दिए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिए ।