एभरेष्टको वृक्षरोपण |
काठमाडौं (आपास) । विश्व वातावरण दिवसको अवसरमा एभरेष्ट बैङ्कले वृक्षरोपण गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–३ र पीडीएसएसको समन्वयमा लाजिम्पाटदेखि महाराजगञ्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण गरेको हो ।
सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठललगायते संयुक्त रूपमा वृक्षरोपण गरेका थिए ।