मालपोत कार्यालय सिरहाका प्रमुख पाँच लाख घुससहित पक्राउ |
काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ परेका छन् ।
शुक्रबार मण्डललाई अख्तियार दुरूपयोग अनुसान्धान आयोगको टोलीले पाँच लाख घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
मण्डल आफ्नै कार्यालयबाट पक्राउ परेका हुन् ।
उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।