नेपाल एसवीआई बैंकले १६ प्रतिशत लाभांश दिने |
काठमाडौं । नेपाल एसवीआइबैंकले १६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको संचालन समितिको बैंठकले चुक्ता पूँजीको १०.८४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्ने बताएको हो ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार छ ।
जसमा नगद लाभांश बराबर ९१ करोड ६० लाख र बोनस शेयर बराबर ५० करोड ६९ लाख वितरण गर्ने बताएको हो ।
मंसिर १३ सम्म शेयर सदस्य हुने लगानी कर्ता साधारण सभामा सहभागि हुनसक्ने छन् । मंसिर १३ देखि २९ सम्म शेयर दाखिला बन्द गरिएको छ ।
बैंकले मंसिर २९ मा वार्षिक साधारण सभाको मिति पनि तय गरेको छ ।