ज्योतिलाईफ इन्स्योरेन्सको नाफा बढ्यो |
काठमाडौं । ज्योतिलाईफ इन्स्योरेन्सको नाफा बढेको छ । इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासिक प्रकाशन गरेको वित्तीयविवरणमा २५ प्रतिशतले वृद्धी गरी ३.७६ करोड नाफा भएको उल्लेख गरेको छ ।
उक्त वित्तीय विवरण अध्ययन गर्दा अघिल्लो आवको सोहीअवधिको तुलनामा यस आवको पहिलो त्रैमासिकमा कुल बीमा शुल्कमा १२४ प्रतिशतले वृद्धी भइ रु. २७.६५ करोड आर्जन गरी दिर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः ३५ प्रतिशत र १७५ ले वृद्धी गरेको छ ।
व्यवसाय तथा लगानी वृद्धी, संचालन खर्चमा सन्तुलनलगायतको कारणले कम्पनीले पहिलो त्रैमासमा जगेडा कोषमासमेत ७३ प्रतिशतले वृद्धी भइ रु.२४.८० करोड कायम हुन गएको देखिन्छ भने ३०५ प्रतिशतले वृद्धि भइ रु. ९१.४६ करोडको जिवन बीमा कोष खडा भएको देखिन्छ ।