आईएमई इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबीच सम्झौता |
काठमाडौं (आपास) । आईएमई जनरल इन्स्योरेन्स र ग्राण्डी इण्टरनेशनल हस्पिटलबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीच नगदरहित स्वास्थ्य सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । आईएमई जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक पवन थापा र ग्राण्डी इण्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरीद गरेका ग्राहकको बीमालेखको सीमासम्म ग्राण्डी इण्टरनेशनल हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सकिनेछ ।