नेपाली बजारमा आइफोन इलाभेन, मूल्य १ लाख १० हजारदेखि २ लाख २७ हजारसम्म |
काठमाडौं । एप्पल नेपालका लागि आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टले आगामी शुक्रबारदेखि आइफोन इलाभेन सार्वजनिक गर्ने भएको छ ।
आइफोन इलाभेन, इलाभेन प्रो, इलाभेन प्रो म्याक्स बजारमा आउन लागेको हो। नयाँ फोन किन्दा ईएमआई सुविधाको सुविधा रहेको छ भने निːशुल्क एनसेल डाटा पनि पाइने जेनेरेसन नेक्स्टले जनाएको छ ।
आइफोन इभो स्टोर,ओलिज स्टोर, मोबाइल ट्रोन फ्युचर टेक ट्रेड र फ्युचर वल्र्ड बाट पनि किन्न सकिने छ । आइफोन इलाभेन ६४ जिवीको १ लाख १० हजार ५ सय, १२८ जीबीको १ लाख १८ हजार ३ सय र २५६ जिवीको १ लाख ३४ हजार तोकिएको छ ।
त्यस्तै इलाभेन प्रो ६४ जिवीको १ लाख ५७ हजार २ सय ५०, २५६ जीवीको १ लाख ८० हजार ९ सय, र ५१२ जिवीको १ लाख ११ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
११ प्रो म्याक्स ६४ जिवीको १ लाख ७२ हजार ८ सय, २५६ जिवीको १ लाख ९६ हजार ६ र ५१२ जिवीको २ लाख २७ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा आइफोन इलाभेन सार्वजनिक हुनुअघि नै नेपालमा यसको अवैध तरिकाबाट विक्री वितरण भइरहेको छ । न्युरोडको इलेक्ट्रिक र क्यामेरा पसल तथा अनलाइनबाट आइफोन बेच्नका लागि राखिएको छ ।
आधिकारिक, वारेन्टी भएको फोन जहाँ पायो त्यहाँ नकिन्न जेनेरेसन नेक्स्टले सबैसँग आग्रह गरेको छ । तपाईँ किन्नु भएको आइफोन बैध हो कि अवैध तरिकाबाट ल्याइएको हो जेनेरेसन नेक्स्टको वेभसाइटमा गएर आईएमईआई नम्बर हालेर हेर्न सकिने छ ।