सेञ्चुरी बैंकको नाफा ३७ करोड ८ लाख |
काठमाडौं । गत वर्षको तुलनामा सेञ्चुरी बैंकको नाफा ९ करोड ६८ लाख रुपैयाँले वृद्धि भएको छ । चालू आर्थिक वर्षको तीन महिनामा बैंकले ३७ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ ।
यस अवधिमा ६१ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ छ । खुद ब्याज आम्दानी ११.४६ प्रतिशत, निक्षेप १.६० प्रतिशत र कर्जा २.८२ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिशेयर आम्दानी १७ रुपैयाँ पुगेको बैंकको पुँजीकोष अनुपात खराब कर्जा पनि बढेको छ । गत वर्ष ०.८२ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर २.४७ प्रतिशत पुगेको छ ।