त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणबारे प्रधानमन्त्रीलाई जानकारी |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटसँगै अन्य भेटघाट पनि गर्न थालेका छन् । प्रधानमन्त्री ओली आज प्रधानमन्त्री निवास बालुवाटारमा शिक्षण अस्पतालमा शुरू गरिएको कलेजो प्रत्यारोपणबारे जानकारी लिएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा सुरु भएको कलेजो प्रत्यारोपण र आवश्यक पर्ने उपकरण अनि जनशक्तिको विषयमा जानकारी गराउन त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन रमेशसिंह भण्डारी बालुवाटार पुगेका थिए ।
त्रिवि शिक्षण अस्पतालले कलेजो प्रत्यारोपण शुरु गरेकोमा प्रधानमन्त्री ओलीले खुशी व्यक्त गरेको र कलेजो प्रत्यारोपणका लागि चाहिने सहयोगबारे समेत जिज्ञासा राखेको डा भण्डारीले बताए ।
शिक्षण अस्पतालमा तीन जनाको कलेजो प्रत्यारोपण भएको छ । अस्पतालमा पहिलो पटक जेठमा कलेजो प्रत्यारोपण भएको थियो ।