चिलिमे हाइड्रोपावरको मुनाफामा १९ प्रतिशतले घट्यो |
काठमाडौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २१ करोड ७० लाख खुद मुनाफा आर्जन गरेको छ । उक्त मुनाफा अघिल्लो बर्षको यसै अवधिको तुलनामा करिब १९ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको यस अवधिमा कम्पनीले २६ करोड ७८ लाख खुद मुनाफा आर्जन गरेको थियो ।
आज प्रकाशित वित्तीय विवरण अनुसार बिद्युत बिक्रिबाट हुने आम्दानी २.९४ प्रतिशतले घटेको छ । यस अवधिमा बिजुली बेचेर कम्पनीले ३५ करोड १० लाख आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीको वित्तीय विवरण अनुसार खातामा निक्षेप १ अर्ब ५१ करोड पुगेको छ । गत आर्थिक बर्षको तुलनामा यो निक्षेप ४७ प्रतिशतले बढी हो । त्यस्तै कम्पनीले बिभिन्न संलग्न कम्पनीमा ५ अर्ब ९३ करोड लगानी गरेको छ । यस अवधिमा कम्पनीको चुक्ता पुंजी ४ अर्ब ७५ करोड छ भने प्रति सेयर आम्दानी १८ रुपैयाँ २४ पैसा छ ।