एशियन लाइफ बोनस शेयर दिँदै |
काठमाडौं (आपास) । एशियन लाइफ इन्स्योरेन्सले शेयरधनीलाई ४ करोड ८३ लाख ३५ हजार ५ सय ९४ रुपैयाँबराबरको ४ लाख ८३ हजार ३ सय ५५ दशमलव ९४ कित्ता बोनस शेयर वितरण गर्ने भएको छ । वीरगञ्जमा शनिवार सम्पन्न कम्पनीको १०औंैं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले सो लाभांशपछि १ः०.६० को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार ४ सय ५४ रुपैयाँ पुग्नेछ । हकप्रद शेयर जारीपश्चात् चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ पुग्ने कम्पनीले बताएको छ ।
साधारणसभामा अध्यक्ष दीपककुमार श्रेष्ठले आर्थिक वर्ष २०७३÷७४को वार्षिक प्रतिवेदन पेश गरेका थिए । २०६४ साल चैतदेखि कारोबार सञ्चालन गरेको कम्पनीको २०७४ साल चैत मसान्तसम्म १२ अर्ब ९ करोड रुपैयाँको जीवनबीमा कोष र कर्जा लगानी १२ अर्ब २८ करोड रुपैयाँ पुगेको बताइएको छ ।
कम्पनीले चालू वर्षको वैशाख मसान्तसम्म कुल २ अर्ब १६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले हाल २८ शाखा र ६९ उपशाखाबाट बीमा सेवा प्रदान गर्दै आइरहेको कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले बताए ।