भारतले पुनर्निर्माणका लागि थप ३ अर्ब १० करोड दियो |
काठमाडौं । नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत क्रण व्यवस्थामार्फत ३ अर्ब १० करोड (२७.९ मिलियन अमेरीकी डलर) नेपाल सरकारलाई प्राप्त भएको छ । भारत सरकारको तर्फबाट भारतीय निर्यात–आयात बैंक (एक्जिम) ले यो रकम दिएको हो ।
नुवाकोट तथा गोरखा जिल्लाका ५० हजार निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले क्रण व्यवस्थामार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने वाचा गरेको थियो ।
यसका अतिरिक्त भारतले यी घरहरुको निर्माणका लागि अनुदान स्वरुप १०० मिलियन अमेरीकी डलर उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।
भारतले हालसम्म पहिलो र दोस्रो किस्ता गरी ६ अर्ब ९६ करोड (६९.६ मिलियन अमेरीकी डलर) बराबरको सहयोग प्रदान गरिसकेको छ ।