११ वाणिज्य बैंकको त्रैमासिक रिपोर्ट सार्वजनिक, ग्लोबल आईएमईले कमायो सबैभन्दा धेरै मुनाफा |
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले यतिबेला आर्थिक वर्ष २०७६∕७७ को पहिलो त्रैमासको वित्तीय विवरणहरु धमाधम सार्वजनिक गरिरहेका छन् । बुधबारसम्म ‘क’ वर्गका ११ बैंकहरुको विवरण सार्वजनिक भइसकेको छ ।
११ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै मूनाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक देखिएको छ । यस बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ७५ करोड ३१ लाख ४५ हजार रुपैयाँ कमाएको हो । अघिल्लो आवको भन्दा यो उच्च मुनाफा हो । आव २०७५∕७६ को पहिलो त्रैमासमा बैंकको मुनाफा ५३ करोड ५८ लाख ४५ हजार रुपैयाँ थियो ।
वित्तीय विवरण सार्वजनिक गरेका ११ वाणिज्य बैंक मध्ये दोस्रोमा प्राइम कमर्सीयल बैंक देखिएको छ । प्राइमले असोज मसान्तसम्ममा ६५ करोड ९७ लाख ६८ हजार रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो बैंकले अघिल्लो वर्षको सोही अवधिमा ५९ करोड १९ लाख २९ हजार रुपैयाँ मूनाफा आर्जन गरेको थियो ।
तेस्रो नम्बरमा भने प्रभु बैंक लिमिटेड देखिएको छ । गत आर्थिक वर्षको असोज मसान्तमा ५९ करोड ८४ लाख रुपैयाँ मूनाफा कमाएको प्रभु बैंकले चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा ६२ करोड ८४ लाख रुपैयाँ मूनाफा आजएन गरेको छ । सबैभन्दा कम मुनाफा कमाउनेमा सिटिजन्स बैंक इन्टरनेसनल रहेको छ । यो बैंकको तीन महिनाको मुनामा ३४ करोड ९१ हजार ६९ साल रुपैयाँ रहेको छ ।
बैंकको नाम मुनाफा रकम (हजारमा)
१. ग्लोबल आइएमई बैंक– ७५३१४५
२. प्राइम कमर्सीयल बैंक–६५९७६८
३. प्रभु बैंक – ६२८४६६
४. कृषि विकास बैंक– ६०७३४३
५. सानिमा बैंक– ५९३६०२
६. नेपाल बैंक– ५८१८२४
७. सिद्धार्थ बैंक – ५२१४३९
८. सनराइज बैंक–४५४३६७
९. लक्ष्मी बैंक– ४०१९४६
१०. जनता बैंक नेपाल– ३६६९२१
११. सिटिजन्स बैंक इन्टरनेसनल–३४९१६९