उद्योगी रुप ज्योती पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन |
काठमाडौं । उद्योगी एवं पूर्वमन्त्री रुप ज्योतीलाई पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।
ज्योतीलाई दबावमा धरपकड गरेर थुनामा राखिएको भन्दै उदाय् समाज असनले प्रदर्शन गरेको हो । आइतबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ज्योतीलाई तत्काल रिहा गर्न माग गरेका थिए ।
ठगीको उजुरी परेको भन्दै प्रहरीले ज्योतीलाई बिहीबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो । अदालतले तीन दिन थुनामा राख्न म्याद दिएको छ ।