भारतमा बनेको किया ‘सेल्टोस’ मंसिरभित्रै नेपाल आउने |
काठमाडौं । भारतमा निर्माण भएको कियाको पहिलो गाडी ‘सेल्टोस’ एसयुभी नेपाल आउने भएको छ ।
सेल्टोस डिसेम्बरको पहिलो साता सार्वजनिक हुने कन्टिनेन्टल ट्रेडिङ प्रालिका असिस्टेन्ट जनरल म्यानेजर अनिस लामिछानेले जानकारी दिए ।
‘हामीले कुन अप्सनको ल्याउने तय गरिसकेकाछैन । यो हप्ता भित्र फिक्स गर्छौ,’ लामिछानेले भने ।
सेल्टोसले नेपालको अटो बजारमा इतिहास कायम गर्ने उनले दावी गरे । ‘भारतमा यो सार्वजनिक भएको १० दिनमै त्यो महिनाको उच्च सेल्स भएको एसयुभीमा नाम दर्ज गरायो । चौथो महिना चल्दासम्म पनि यो नम्बर १ मै छ। नेपालमा पनि यसको सेल्स यस्तै हुन्छ भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने ।
डिजेल र पेट्रोल दुवै भेरियन्टमा उपलब्ध यो गाडी को १८ ओटा अप्सनमा उपलब्ध छ । यो डिजेलमा १४९३ सिसी तथा पेट्रोलमा १४९७ र १३१३ सिसीमा उपलब्ध छ ।