नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित |
काठमाडौं । विधान संसोधानका लागि भन्दै नेपाल उद्योग वाणिज्य महासंघले बोलाएको विशेष साधारणसभा स्थगित भएको छ । विधान संसोधानका लागि मस्यौता बनाउनेगरी गठन भएको विधान संसोधन समितिले सधारणसभा स्थगित गर्ने निर्णय गरेको छ ।
समितिको यही निर्णय महासंघको कार्यकारीणी समितिमा जाने छ । उक्त समितिले निर्णय गरेपछि औपचारिक रुपमा साधारणसभा स्थगित हुने छ ।
यसअघि समितिले महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने प्रावधान हटाउने व्यवस्था पारित गराउन विशेष साधारणसभा बोलाउन कार्यकारीणी समितिलाई सिफारिस गरेको थियो ।
तर आजै बसको समितिको बैठकले तत्काल विशेष साधारण सभा स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
महासंघको वार्षिक साधारणसभा चैतमा हुँदै छ । उक्त साधारणसभाबाट अहिलेका बिरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको अध्यक्ष हुने छन् । वार्षिक सधारणसभाबाटै विधानका केही व्यवस्था परिमार्जन गर्नेगरी विधान संसोधन समितिले अहिले बोलाइएको विशेष सधारणसभा स्थगित गर्न सिफारिस गरेको छ ।