मन्त्रिपरिषदको बैठकबाट प्रदेश प्रमुख सिफारिस, सपथ आज, हेर्नुहोस् को को सिफारिस भए | राष्ट्रपतिबाट सातवटै प्रदेशका प्रदेश प्रमुखहरु नियुक्त
काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।
बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको एक मन्त्रीले बताए ।
यसअघि नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखका लागि यी नाम सिफारिस गरे पनि प्रदेश तोकेको थिएन ।
सफथ आज
राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखहरु नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा १६३ ९२० बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनले सोमबार प्रदेश प्रमुखहरुको नियुक्ति गरेकी हुन् ।
नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथग्रहण आज मंगलबार हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि विहान साढे ८ बजे सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
संघीय कानुन वमोजिम प्रदेश प्रमुखहरुले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।