आरएमडीसी लघुवित्त कमाई ७ करोडभन्दा बढी |
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ३५ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको पहिलो त्रैमासमा ७ करोड ९ लाख ७१ हजार रुपैयाँ थियो । हाल कम्पनीको चुक्तापूँजी ७९ करोड ९३ लाख ९८ हजार रुपैयाँ कायम भएको छ । सोही पूँजीको आधारमा कम्पनीले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १२ दशमलव ५ प्रतिशत बोनस र १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न कम्पनीले प्रस्ताव गरेको हो । पहिलो त्रैमाससम्ममा कम्पनीको जगेडा कोष रकम १ अर्ब ६८ करोड ७५ लाख २ हजार रुपैयाँ रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा २४ प्रतिशत बढेको हो ।
पहिलो त्रैमासमा कम्पनीले गत वर्षभन्दा १३ दशमलव ५७ प्रतिशत बढी ८ अर्ब ११ करोड ७८ लाख ६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा शून्य रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ३६ दशमलव ७८रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू। ३११ दशमलव १० रहेको छ ।
आगामी त्रैमासमा थप संस्थाहरुमा लगानी विस्तार गर्ने योजना रहेको यस कम्पनीले यस त्रैमासमा ८५ करोड ३५ लाख ५५ हजार रुपैयाँ लगानी गरेको छ । गत वर्ष यो रकम ८१ करोड ६८ लाख १ हजार रुपैयाँ थियो ।