चीनले एक कदम अगाडि बढ्दै बनायो बिजुलीबाट चल्ने प्लेन |
संसारका धेरै देशको ध्यान अहिले बिजुलीबाट चल्ने कार बनाउन र चलाउनमा छ। केही कम्पनीले उड्ने ट्याक्सी बनाउने प्रयास जारी राखेका छन्। हाम्रो उत्तरी छिमेकी चीन भने यो मामिलामा एक कदम अघि बढेको छ( उसले ब्याट्री उड्ने प्लेन बनाएको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार मंगलबार ब्याट्रीबाट चल्ने प्लेनको सफल परीक्षण उडान भएको छ । आरएक्सफोरई नाम दिइएको ब्याट्रीबाट चल्ने प्लेनले चीनको उत्तरपूर्वी शहर सेन्याङबाट उडान गरेको हो ।
१२ सय किलोग्राम तौल भएको प्लेन ४ सिटको छ । ८.४ मिटर लामो प्लेन ब्याट्री एक पटक फूल चार्ज भए ३०० किलोमिटर उड्न सक्छ ।
जहाजका पखेटा साढे १३ मिटर लामा छन्। तौल कम गर्न जहाजका अधिकांश पाटपुर्जा कार्वन फाइबरबाट बनाइएको छ ।
प्लेन मुख्य रूपमा छोटो दूरीका उडान र पाइलटको तालिम, दश्यावलोकन, एरियल फोटोग्राफी, एरियल म्यापिङलगायतका काममा प्रयोग हुनेछ ।