नेप्सेले सार्वजनिक गर्योे सूचीकृत कम्पनीको वर्गीकरण, ‘क’ मा एउटा मात्र कम्पनी |
काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले (नेप्से)ले सूचीकृत कम्पनीहरूको वर्गीकरण गरेको छ । नेप्सेले पहिलो त्रैमासिकमा गरिएको वर्गीकरणको विवरण सार्वजनिक गरेको हो ।
धितोपत्र सूचीकरण नियमावली,२०७५ को विनियम ११ मा सूचीकृत संस्थाको वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार नेप्सेले प्रत्येक त्रैमासको समाप्तिसँगै वर्गीकरण गरी सूची सार्वजनिक गर्ने गरेको छ ।
बिहीबार नेप्सेले दोस्रो त्रैमासको समाप्तिसँगै नयाँ सूची सार्वजनिक गरेको हो । उक्त सूचीमा परेका कम्पनीलाई चित्त नबुझे ३५ दिनभित्र प्रमाणसहित निवेदन दिन सक्ने नेप्सेले सूचना जारी गरेको छ ।
नेप्सेले चार समूहमा वर्गीकरण गर्ने गरेको छ । उसले गरेको वर्गीकरणमा समूह ‘क’मा सनराइज बैंक मात्रै परेको छ । समूह ‘ख’मा म्याग्दी पावर कम्पनी परेको छ ।
‘ग’मा ३६ कम्पनी परेका छन् भने ‘घ’मा एक सय १६ कम्पनी परेका छन्। सूचीकृत वर्गीकरणको प्रावधान अनुसार कम्पनीहरु वर्गीकरणमा परेका हुन् ।