यसरी मनाउनुहोस् घरमै तिहार |
तिहार बत्तीहरुको पर्व हो, जो परिवार तथा साथीहरु भेटेर रमाइलो गरी मनाइन्छ । यस्तो समयमा भिडभाड हुने पर्यटकिय स्थानमा धेरै मानिसहरु गएर आनन्द उठाँउछन् । तर, त्यस्तो स्थानमा जान नचाहनेहरुले आफ्नो रचनात्मक क्षमताद्वारा घरमा नै तिहारको मज्जा उठाउन सकिन्छ । घरैमा बसेर रमाइलो गरि तिहार मनाउने केहि उपाय यहाँ प्रश्तुत गरिएको छ ː
घरलाई सजाउनुस
फूलमाला, दियो, झिलिमिली बत्ति तिहारको प्रमुख आकर्षण हो । तिहारमा घरको सम्पुणै भाग सरसफाइ गरेर आवश्यकता अनुसार सजावट गर्न सकिन्छ । घरमा केहि नयाँ बिरुवा लगाउनुहोस । घरको प्रत्यक कुनामा सुगन्धित मैनबत्ती तथा दियो राख्नुस । साथै आफ्नो घरलाई स्फुर्त प्रदान गर्ने फूलले सजाउनु पर्छ ।
देउसी भैलीमा रमाउने
तिहारमा महिला तथा पुरुषहरु मिलेर नाच्दै गाउदै खेलिने देउसी भैलो प्रमुख आकर्षण हो । तिहारमा रमाउन साथीहरुसँग मिलेर आफ्नो गाँउ वा टोलमा देउसी भैली खेल्न सकिन्छ । आफु त्यस्तो कार्यक्रममा सहभागी नभएको अवस्थामा देउसी भैली समुहलाई घरमा खेल्न बोलाउन सकिन्छ । देउसी भैली कार्यक्रम हेर्दै तिहारको मनोरञ्जन लिन सकिन्छ ।
घरमा स्वादिष्ट खाना बनाउनुस
आफ्नो परिवारका सदस्यहरुसँग मिलेर स्वादिष्ट खाना बनाउन सकिन्छ । यस्तो समयमा पाहुनाहरुका लागि नयाँ नयाँ परिकार बनाउदा राम्रो हुन्छ । आफ्नो डाइनिङ टेबलमा मैनबत्ती तथा नयाँ टेबल पोसले सजाउनु पर्छ । घरमा सबैसँग साथै खाना खानका लागि नपुगेमा थप टेवलको ब्यवस्था गर्दा वातावरणमा अपनत्व हुन्छ । बगैंचा तथा छतमा ओछ्याउनका लागि दरि राख्न सकिन्छ । यसरी खुल्ला ठाँउमा सबै जना सँगै बसेर खाना खादा झनै आनन्दको मजा उठाउन सकिन्छ ।
आफ्नो रुप परिबर्तन
आफ्नो प्रिय अभिनेता÷अभिनेत्रीको फोटो अनलाइनमा हेर्नुस र त्यसै अनुरुपको कपाल कटाउनुस । आफ्नो कपाललाई कलर गर्नु, तथा त्यसलाई अलग शैलीमा सजाउन सकिन्छ । त्यसको लाि स्पा वा पार्लरहरुको सहयोग लिन सकिन्छ । आफ्ना साथी वा परिवारसँग सामान किनमेलमा जानुहोस । तिहारका लागि केहि नयाँ कपडा खरिद गर्नुहोस किनकी तिहारको फोटो सुटमा तपाई एकदमै फरक देखिनु हुनेछ ।
शहर घुम्नुस
यदि तपाई परिवारका साथ छुट्टि मनाउन कतै जान पाउनु भएको छैन भने आफ्नो पारिवारिक सदस्यसँग आफ्नै शहर घुमेर आनन्द उठाउन सक्नुहुन्छ । यसबाट तपाईले सपिङ मलमा कपडा किन्ने तथा बाटोमा हुने ट्राफिक जामबाट छुटकारा पाउनुका साथै केहि नयाँ अनुभव बटुल्न सक्नुहुन्छ ।
साथिभाई सँग भेटघाट गर्नुस
तिहारको बेला घरमा साथिभाई लाई बोलाउनुस । उनीहरुसँग स्वादिष्ट भोजनहरुको साथमा राम्रो गित सङ्गित बजाउनुस तथा खेलहरु खेलेर आनन्द उठाउन सकिन्छ ।