भोजपुरमा ४२ करोडको हिउँदे आलु उत्पादन |
भोजपुर (आपास) । भोजपुर जिल्लामा १४ हजार ३ सय ६५ मेट्रिकटन हिउँदे आलु उत्पादन भएकोे छ । जिल्ला कृषि विकास कार्यालय भोजपुरका अनुसार जिल्लाभर १५ सय हेक्टरमा आलुखेती भएको र आलुबाट ४२ करोड ७ लाख ५० हजारको आयआर्जन भएको हो ।
भोजपुरमा कुप्री ज्योति, कुप्री सिन्दुरी र स्थानीय जातको आलुखेती हुने गरेको कार्यालयले बताएको छ । भोजपुरमा उत्पादन भएको आलु छिमेकी जिल्लामा समेत निकासी हुने गरेको छ । विगतको तुलनामा जिल्लामा आलुखेतीमा लाग्ने कृषकको सङ्ख्या बढेको कार्यालयको भनाइ छ ।