नौविसे–नागढुंगा सडक शुक्रबार साँझबाट मात्रै दुइतर्फी सञ्चालन हुने |
काठमाडौं । नौविसे (नागढुंगा सडक शुक्रबार अपराहृनसम्म एकतर्फी मात्रै सञ्चालन हुने भएको छ । नौविसे–नागढुंगा सडकखण्ड अन्तर्गतको धादिङको धुनिवेशी नगरपालिका–९ स्याउलीदेखि सिक्रखोलासम्म सडक कालोपत्रे र मर्मतको काम भइरहेकोले सवारी आवागमन एकतर्फी सञ्चालन भएको हो ।
यो लामो जाम हुने सडकखण्ड हो । दिनभर एकतर्फी मात्रै सवारी सञ्चालन हुँदा शुक्रबार अझैं जाम हुने देखिएको छ ।
एकतर्फी सवारी सञ्चालनका कारण समस्या हुने भएकोले ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सवारी चालकलाई सचेत गराएको छ ।
साथै केही समस्या वा गुनासो भए यात्रु सहायता कक्षमा सम्पर्क गर्न यात्रुलाई अनुरोध गरेको छ ।