सनराइजद्वारा स्वास्थ्य बीमा रकम भुक्तानी |
काठमाडौं (आपास) । सनराइज बैङ्कले ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ । बैङ्कले बचत खाताका ग्राहकलाई ‘स्वास्थ्य बीमा सुविधा’अन्तर्गत विभिन्न शाखाका ग्राहकलाई रकम भुक्तानी गरेको हो ।
बैङ्कले उपचार खर्चबापत कलंकी शाखाकी ग्राहक शान्ति काउचालाई ३५ हजार ९४ रुपैयाँ तथा नारायणगढ शाखाका ग्राहकद्वय विक्रम अधिकारीलाई ७६ हजार ८ सय २७ र राधा श्रेष्ठलाई ४ हजार २२ एवम् राजविराज शाखाका ग्राहक रामअवतार यादवलाई ४२ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेको हो । बैङ्कले बीमाअन्तर्गत बैङ्कका बचतकर्ताले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आप्mनो बचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन कम हुन्छ सो रकम प्रदान गर्दै आएको छ ।