कोठाका सेता भित्ता यसरी सजाऔं |
घरका सेता भित्ताहरू उज्याला देखिन्छन् । भित्तामा सेतो रङ लगाइएको कोठासमेत हुन्छन् । सेतो भित्ताले घर तथा कोठा ठूला देखिन्छन् । कोठाको सेता भित्तामा थप सुन्दरता भर्न चाहनुहुन्छ भने तपाईं यसमा केही रचनात्मक काम गर्न सक्नुहुन्छ । कोठाका भित्ता आर्ट, पुराना तस्वीर वा अन्य डिजाइनले सजाउन सकिन्छ । यसबाट तपाईंको कोठामा नयाँपन आउनुका साथै रौनकता पनि थपिन्छ । सेता भित्ता सजाउने तरीका यसप्रकार छन् ː
पुराना तस्वीर राख्नुहोस्
आफ्नो घरका भित्ता पुराना तस्वीरले सजाउनुहोस् । तपाईं ती तस्वीर रङ्गीन फ्रेम लगाएर वा त्यतिकै पनि टाँस्न सक्नुहुन्छ । यसबाट कोठामा पृथक् आकर्षण आउनुका साथै त्यहाँ बस्न एवम् काम गर्न पनि अनुकूल वातावरण सृजना हुन्छ । यस्तो कोठाले पुराना यादहरू ताजा गराउँछन् ।
चित्रहरू कोर्नुहोस्
ब्रस तथा पेण्ट्स लिएर भित्तामा राम्रा राम्रा चित्रहरू बनाउनुहोस् । जुन चित्र बनाए पनि सकारात्मक सन्देश दिने खालको होस् भन्नेमा ध्यान दिनुहोस् । रङको छनोटमा पनि सचेत हुनुहोस् ।
रङको मिश्रणले सजाउनुहोस्
रङहरू मिसाएर तपाईं कोठाका भित्तामा फरकखालको डिजाइन तयार गर्न सक्नुहुन्छ । तपाईं वेलबेट पेपरमा पनि डिजाइन तयार गर्न सक्नुहुन्छ । यस्तो डिजाइनमा फोटोहरू टाँस्न सकिन्छ । यसबाट तपाईं एउटा अलग्गै स्टाइलको भित्ता बनाउन सक्नुहुन्छ ।
किताबहरू राख्नुहोस्
यदि तपाईं किताबको शौखिन हुनुहुन्छ भने भित्तामा काठको ¥याक बनाएर त्यसमा किताब राख्नुहोस् । यसबाट तपाईंले किताबको सङ्ग्रह गर्नुका साथै नयाँ क्रियटिभ लूक पनि पाउनुहुनेछ ।
बेल्ड एसेसरिज गर्नुहोस्
सतो भित्तामा बोल्ड एसेसरिज एकदमै सुहाउँछ । यसका लागि कोठामा फलाम कलरको भुँइ राख्नुहोस् । साथै, थप बत्तीहरू कोठामा लगाउनुहोस्, जसले बोल्ड एसेसरिजलाई सपोर्ट गरोस् ।