यसरी कपडा धुँदा कहिल्यै रङ जादैन |
जब तपाईले वासिङ मेसिनमा कपडा राख्नुहुन्छ, त्यसबेला तपाई लाई कपडाहरुको रङ एक आपसमा नसरोस भनेर । वासिङ मेसिनमा कपडा धुन राखिने डिर्टजेन्ट एकदमै कडा हुन्छ । यसले कपडाको धागोमा अषर गर्ने हुँदा कयौंपटक सस्ता कपडाबाट रङ बाहिर निस्कन्छ । कपडाबाट रङ निस्कने बित्तिकै कपडा धमिलो हुन्छ । कपडाको रङ चर्को घाममा सुकाउनाले पनि जान्छ । कपडाको रङ निस्कन नदिने धेरै तरीकाहरु हुन्छन् । जसलाई अपनाएर कपडालाई सधैभरी राम्रो अवस्थामा राख्न सकिन्छ । अध्यारोे, गाढा तथा कालो रङका कपडाबाट छिटो रङ निस्कन्छ । निलो तथा हरीयो रङका कपडाको पपनि धुदा रङ जान सक्छ । त्यसैले यस्ता रङका कपडालाई अलग्गै धुनु राम्रो हुन्छ । कपडाको रङ जान तथा हल्का हुनबाट जागाउन तल दिईएका तरीकाहरु अपनाउन सकिन्छ ।
थोरै थोरै गरेर धनु पर्छ
मसिन वा हात जे बाट कपडा धुदा पनि हलुका तथा गाढा रङका कपडालाई अलग अलग धुनु पर्छ । यसले कपडामा एक आपसको रङ सर्न नपाउनका साथै यीनीहरुको चमक यथावत रहन्छ । कपडालाई खराब हुन नदिने यो पहिलो तरीका हो ।
भेनिगरमा डुबाउनुस
इदि तपाईले हातबाट कपडा धुनु हुन्छ भने डिटरजेन्टको सट्टा कपडालाई भेनिगरमा डुबाई दिनुहोस । यसले कपडाको रङ नजानुका साथै चमक पनि हराउदैन ।
घामबाट बचाउनुहोस
कमजोर धागो बाट बनेको कपडा छ भने त्यसलाई घाममा सुकाउन हुदैन । यदि सुकाउन आवस्यक छ भने उल्टो गरेर सुकाउनु होस । यसबाट कपडामा सिधा घाम पर्दैन ।
सहि तरीका बाट सुकाउनु होस
कपडाको चमक त्यसलाई बेपरवाह सँग सुकाउदा जान्छ । कपडा लाई सहि तरीकाले निचोरी सके पछि त्यसलाई फट्कारनु पर्छ । त्यस पछि त्यसलाई उल्टो पारेर तारमा झुण्डाउनु पर्छ । यसबाट कपडामान समानरुपमा हावा लाग्छुका साथै राम्रो सँग सुक्छ ।
चिसो पानीमा नै धुनुहोस
तातो वा मनतातो पानीमा कपडा धुनाले त्यसको चमक हराउछ । साथै रङ पनि जान्छ । त्यसैले कपडालाई सधैभरी चिसो पानीमा नै धुनु पर्छ ।