साउदी महिला अब सेनामा भर्ति हुन पाउने |
काठमाठौं । साउदी अरेबियाका महिलाहरूले अब सेनामा भर्ना हुन पाउने भएका छन्। सञ्चारमाध्यम अलजजिराका अनुसार बुधबार साउदीले आफ्नो राज्यको आर्थिक सुधारका लागि महिलाहरूले पनि राज्यमा सेवा दिन सक्ने जानकारी दिएको हो ।
यो काम महिलाहरूको अधिकारको हितका निम्ति श्ुरू गरिएको पनि अलजजिराले लेखेको छ । ‘महिलाहरूको अधिकारका लागि अर्को एक पाइला’ साउदीको परराष्ट्र मन्त्रालयको ट्वीटरमा लेख्दै जानकारी दिएको छ ञ । तत्कालका लागि साउदीका महिलाहरूले पहिलो श्रेणीको सिपाही, अमल्दार र हुद्दीसम्म हुन पाउने छन्।
साउदीमा गत वर्ष मात्रै महिलाहरूलाई सुरक्षा बलमा भर्ना हुन पाउने नियम लागू गरिएको थियो । अहिले साउदीका महिलाहरूले कुनै संरक्षक बिना विदेश भ्रमण गर्न र गाडी चलाउन पनि पाउँछन् ।
साउदी अरेबिया पेट्रोलियम पदार्थ निर्यात गर्ने संसारकै ठूलो मुलुक हो । उसको आर्थिक भार तेलबाहेक अरू क्षेत्रले पनि धानोस् भनेर पछिल्लो समय आफ्नो देशको छवि सुधारेर पर्यटक आकर्षण गर्ने नीति लिएको छ ।