प्राइमद्वारा शैक्षिक सामग्री सहयोग |
काठमाडौं (आपास) । प्राइम कमर्शियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले चितवनको इच्छा कामना गाउँपालिकाका १५ सामुदायिक विद्यालयलाई सेतोपाटी, सुकुुल, मार्कर पेन, डष्टरलगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।
बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठ, सञ्चालक राजेन्द्रदास श्रेष्ठ तथा बैंकका संस्थापक एवम् पूर्वअध्यक्ष उमेश श्रेष्ठले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रधानाध्यापकलाई ती सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
साथै, बैंकले तामिन गाउँमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीका लागि १ हजार मिटर पाइप तथा उक्त विद्यालयमा अध्यनरत ७ सय ५० विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।