जनता आवास कार्यक्रम | फागुनसम्म कूल ३ हजार ८ सय ६१ आवास इकाई निर्माण सम्पन्न
काठमाडौं (आपास)जनता आवास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७४÷७५ को प्रथम आठ महिना (साउनदेखि फागुन) सम्ममा विपन्न एव्म लोपोन्मुख समुदायका लागि जम्मा ३ हजार ८ सय ६१ आवास इकाईको निर्माण सम्पन्न भएको छ । क्रमागतरुपमा रहेको २१ हजार ४ सय २२ आवास इकाई मध्य उक्त परिणाममा आवासको निर्माण सम्पन्न भएको आर्थिक सर्वेक्षण २०७४÷७५ मा उल्लेख गरिएको छ । २ हजार ६ सय ९० आवास इकाईको छाना तथा झ्याल ढोकाको कार्य सम्पन्न भएको छ । ३ हजार २ सय ५० आवास इकाईको गारोको कार्य सम्पन्न भएको छ । २ हजार ६ सय ९८ आवास इकाईको डीपीसी (ड्याम्प प्रुफ कोर्स) लेभलसम्म निर्माण कार्य सम्पन्न हुनुका साथै १ हजार २ सय ५५ आवास इकाईको जग खन्ने कार्य सम्पन्न भएको छ ।
चालु आर्थिक वर्षको प्रथम आठ महिनासम्ममा जनता आवास कार्यक्रम सञ्चालन हुने काठमाडौं उपत्यका बाहेकका ७४ जिल्लाका २५ हजार ७ सय ७५ नयाँ आवास इकाई मध्य ५६ जिल्लाको कार्यक्रम लागू हुने गाँउपालिका र नगरपालिका छनौट भएका छन् । २५ आवास इकाईको छाना तथा झ्याल ढोकाको कार्य सम्पन्न भएको छ । ४१ आवास इकाईको गारोको कार्य र ३ सय १५ आवास इकाईको डीपीसी लेभलसम्म कार्य सम्पन्न भएको छ । ६ सय १५ आवास इकाईको जग खन्ने कार्य सुरु भएको छ ।
ढल
आर्थिक वर्ष २०७४÷७५ को प्रथम आठ महिनासम्म विराटनगरमा ४४ किलोमिटर (किमि) ढल मध्य ४१ किमिको निर्माण सम्पन्न भएको छ । त्यस्तै बिरगञ्जमा ४६ किमि मध्य ४२ किमि निर्माण भएको छ । सतही ढल निर्माण÷सुधार अन्तर्गत जनकपुरमा १५ किमि आरसीसी पाइप लेइङ ीबथष्लन कार्य सम्पन्न भएको छ । सिद्घार्थनगरमा ४३ दशमलव ५ किमि ढल निर्माण भएको छ । साथै नेपालगञ्जमा ६० किमि सतही ढल निर्माण तथा सुधार कार्य समेत गरी कूल २ सय १ किमि ढल तथा डे«न निर्माण सम्पन्न भएको छ ।
सहरी सडक
आर्थिक वर्ष २०७४÷७५ को प्रथम आठ महिनासम्म विराटनगरमा ४५ किमि सडक मध्य ४० किमि ट्रयाक खोली सो को स्तरोन्ती भइ रहेको छ । विरगञ्जमा ११ किमि मध्य ८ किमि सडक निर्माण भएको छ । त्यस्तै सिद्घार्थनगरमा १० दशमलव ७ किमि सडक निर्माण भएको छ । साथै चालू आवको प्रथम आठ महिनासम्ममा सघन सहरी विकास कार्यक्रम अन्तर्गत तराईका १८ नगरपालिकामा ४ सय ४० किमि सडक र ६ सय ४ किमि ढल निर्माण भएको छ । यस अवधिमा ५ ओटा बसपार्क निर्माण भएका छन् । साथै ६ ओटा हाट बजार, ६ ओटा पोखरी र २ ओटा मनोरन्जन पार्कको निर्माण कार्य सुरु भएको छ ।
चालू आवको प्रथम आठ महिनामा ७७ जिल्लाका २ सय ६८ ओटा सरकारी कार्यालय भवनको मर्मत कार्य सम्पन्न भएको छ । साथै सो अवधिमा काठमाडौं उपत्यका विकास प्राधिकरणको जग्गा विकास कार्यक्रम अन्तर्गत प्रस्तावित बाटो खोली ७ दशमलव ६ किमि सडक ग्राभेल भएको छ । सहरी सडक बिस्तार तर्फ १९ दशमलव ४ किमि सडक चौडा पार्ने कार्य सम्पन्न भएको छ ।