बाहिरी चक्रपथ बनाउने जिम्मा चिनियाँ कम्पनी लाई दिने निर्णय |
काठमाडौं । लगानी बोर्डको ४०औं बैठकले बाहिरी चक्रपथ निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ । बोर्ड बैठकले उपत्यकाको बाहिरी चक्रपथ विस्तार गर्न चाइना कम्यूनिकेशन कन्स्ट्रक्सन कम्पनीको आशयपत्र स्वीकृत गरेको हो ।
यससँगै बैठकले उपत्यकाको सवारी व्यवस्थापनमा भएका प्रगतीलाई एकिकृत गर्ने निर्णय समेत गरेको छ । आर्थिक वर्ष २०६१∕०६२ को बजेटले अघि सारेको यो आयोजना १४ वर्षपछि पुन अघि बढ्न लागेको हो ।
७२ किलोमिटर लम्बाई रहने यो चक्रपथ निर्माणका लागि सुरुमा ६ अर्ब लागत लाग्ने भनिएता पनि अहिले रकम बढि सकेको छ ।
आयोजनाका अनुसार यो सडक ८ लेनको हुनेछ । जसका लागि ७ हजार २ सय रोपनी जग्गा आवश्यक हुन्छ । यदि जग्गाको मुआब्जा वितरण गर्नु परेमा यो आयोजना बनाउन कठिन हुनेछ ।