सहकारीमार्फत समृद्धिका कार्यक्रम चलाउन स्थानीय सरकारलाई आग्रह |
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले स्थानीय तथा प्रदेश सरकारले सहकारीमार्फत काम गर्ने गरी नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिएकी छन् । उनले स्थानीय र प्रदेशले सहकारीका लागि बजेट छुट्टाएको भए पनि प्रयाप्त नरहेको बताइन ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक प्रादेशिक गोष्ठीको आइतबार उद्घाटन गर्दे मन्त्री अर्यालले भनिन,‘स्थानीय तहले सहकारीमार्फत परिचालन गर्ने पैसा न्यून छुट्टाएको देखिन्छ । सहकारीमार्फत समृद्धीका कार्यक्रम अगाडी बढाउन म स्थानीय सरकारलाई अनुरोध गर्दछु ।’ गोष्ठी सोमबारसम्म चल्ने छ ।
उनले सिप सिकाउने र क्षमता बृद्धि गराउनका लागि समेत सहकारीसँग स्थानीय सरकारले सहकार्य गर्नुपर्नेमा उनको जोड थियो । ‘जनप्रतिनिधि र सहकारी अभियान्ता सबैले समृद्धका लागि एउटा न एउटा उत्पादनको काममा लाग्नुपर्छ’ भक्तपुरको बोडेमा भएको कार्यक्रममा उनले भनिन,‘माटोले के रोज्छ र नजिकको बजारले के खोज्छ त्यहिअनुसार काम गर्नुस् ।’ पत्येक पालिकामा एक सहकारीले नमुना योग्य काम गर्नुपर्नेमा उहाँको जोड थियो । ‘कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सके लोकतन्त्र सफल हुन्छ । अविश्वा र खतरा भयो भने गणतन्त्र जोगाउन नसकिने भएकाले सबैले जनतासँग नजिक सम्बन्ध भएको सहकारीमार्फत सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।’
कार्यक्रममा प्रदेश ३का १३ जिल्लाका स्थानीय तहका जनप्रतिनिधि कर्मचारी र प्रदेश ३ का प्रदेश सभा सदस्यहरुको सहभागीता रहेको छ । कार्यक्रममा भारतको इफ्कोका प्रबन्ध निर्देशक यूएस अवस्थी मुख्य वक्ताका रुपमा रहेका थिए । उनले सो अवसरमा कृषि उत्पादनमा उपयोगी हुने सामाग्रीहरु सहयोग गर्ने बताउँदै महासंघसँग मिलेर आगामी दिनमा नेपालको किसानका लागि सहयोग गर्ने बताए ।
यूएनडीपीकी आवशीयप्रतिनिधि एशनी लावेले जलवायु परिवर्तनका कारण कृषिमा समेत समस्या देखिएकाले यो विषयमा महासंघसँग सहकार्य गरेर अगाडी बढ्न सकिने बताए ।
प्रदेश सभा सदस्य सरस्वती बस्नेतले प्रदेश ३ ले सहकारीमार्फत सिन्धुली दुधौलीमा १५१ विघा जमिन र चितवनको माडीमा १२१ विघा जमिन एकिकृत गरी गर्न लागेको खेतीमा सहयोग गरेको बताउए । दोलखा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले तीनै तहको सरकारले सहकारी मैत्री वातावरण बनाउन साझा धारणा निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रम महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, उपाध्यक्ष तथा आईसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, संचालक तथा राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
महासंघद्वारा अवस्थी सम्मानित
सहकारी स्वामित्वमा चलेको विश्वकसो सर्वाधिक ठूला सहकारीमध्येको एक इफ्को सहकारीका प्रबन्ध निर्देशक यू एस अवस्थीलाई राष्ट्रिय सहकारी महासंघले सम्मान गरेको छ । इफ्कोमा ३६ हजारभन्दा बण् िसहकारी समिति सदस्य रहेका छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल र महासंघका अध्यक्ष केशव बडालले इफ्को प्रबन्ध निर्देशकलाई सम्मान गरेका थिए । इफ्कोले नेपालको कृषि क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको छ । नियमित रुपमा प्रशिक्षण गराउँदै आएको छ । अवस्थी सोमबार स्वदेश फर्कदै छन् ।