शाओमीको “दशैं विथ एमआई” मा आकर्षक अफर, २ हजारसम्मको छुटको व्यवस्था |
काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफर सार्वजनिक गरेको छ । दशैंको शुभ अवसरमा शाओमीले प्रयोगकर्ताहरुका लागि स्मार्टफोनमा ५ वटा विशेष सप्र्राइज ल्याएको छ । ग्राहकहरुले अब शाओमीको नयाँ–नयाँ स्मार्टफोन रेडमी ७ , रेडमी वाई ३ , रेडमी रेडमी नोट ७, एमआई ए३ र रेडमी ७ ए किन्दा आकर्षक अफरहरुको आनन्द लिन सक्नेछन् ।
विशेष गरि दशैं जस्तो मेगा चाडँपर्वको अवसरमा स्मार्टफोन ठूलो उपहारको एक विकल्प हो र यी अफरहरु, दशैंको अवसरमा देशमा आनन्दमय वातावरण जोड्ने शाओमीको एउटा सानो पहल हो ।
एमआई फ्यानले रु १९,९९९ मा रेडमी नोट ७ (३ जीबी प्लस ३२ जीबी) खरिद गरेर निर्धारण गरिएको मुल्यमा रु २००० को फ्ल्याट छुटको मज्जा लिन सक्नेछन् । विशेष सप्र्राइजको रुपमा शाओमीले नेपालमा एमआई ए३ (४ जीबी प्लस ६४ जीबी) र (६ जीबी प्लस १२८ जीबी) सार्वजनिक गरेको छ, यो रु २३,९९९ र रु २७,९९९ मा उपलब्ध हुनेछ । रेडमी ७ए (२ जीबी प्लस ३२ जीबी) मा पनि छुटको व्यवस्था रहेको छ र यो अब रु १०,९९९ मा उपलब्ध हुनेछ । ग्राहकहरुले रेडमी ७ (२ जीबी प्लस १६ जीबी) र (३ जीबी प्लस ३२ जीबी) तेसै गरि रेडमी वाई ३ (३ जीबी प्लस ३२ जीबी) र (४ जीबी प्लस ६४ जीबी) मा रु १००० छुटको मज्जा लिन सक्नेछन् ।
यी अफरहरु सम्पूर्ण अफलाइन स्टोर, दराज डट कम डट एनपी र सस्तोडिल ( मा उपलब्ध हुनेछ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीलले भने, “हामी सम्पूर्ण एमआई फ्यानहरुलाई शाओमी स्मार्टफोनको खरिदमा दशैंको विशेष अफर प्रदान गर्न निकै उत्साहित छौं । दशैंको रमाइलो अवसरमा यो पहलले हाम्रो उच्च गुणस्तरीय स्मार्टफोनलाई सुलभ मुल्यले गर्दा अझै आकर्षक बनाउने आशा गरेका छौं ।”