दमौलीमा बजाज एवेञ्जर १८० |
तनहु“ (आपास) । तनहुँको सदरमुकाम दमौलीमा बजाज एवेञ्जर १८० बाइक सार्वजनिक गरिएको छ । उक्त बाइक जीएमटी अटोमोबाइल्सले सार्वजनिक गरेको हो । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सभापति राजकुमार श्रेष्ठ र बजाज शोरूम दमौलीका प्रबन्ध निर्देशक टीका गिरीले मङ्गलवार संयुक्त रूपमा उक्त बाइक सार्वजनिक गरेका हुन् ।
बाइकमा १८० सीसीको डीटीएसई इञ्जिन जडान गरिएकाले ८ हजार ५ सय आरपीएममा १५ दशमलव ३ बीएचबी पावर र ६ हजार ५ सय आरपीएममा १३ दशमलव ७ एनएम टर्क जेनेरेट गर्ने क्षमता रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार बाइकको ग्राउण्ड क्लियरेन्स १ सय ६९ एमएमको रहेको छ । १३ लिटर इन्धन टयाङ्की क्षमता भएको बाइकको तौल १ सय ५० किलोग्राम छ । सो बाइकको बजार मूल्य २ लाख ७१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।