आईएमई लाइफद्वारा दाबी भुक्तानी |
काठमाडौं (आपास) । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले हालै धनुषाका दुईजनाको दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगार (म्यादी) जीवन बीमाअन्तर्गत दुई जनाको परिवारलाई जम्मा रू. २७ लाख दाबी भुक्तानी गरेको हो ।
धनुषाको गोदार–८ का मृतक बीमित शंकरकुमार खपांगीकी श्रीमती गंगाकुमारी थापा र सिन्धुपाल्चोक गुम्बा–८ की मृतक रीता बुढाथोकी शेर्पाका पति पासाङ शेर्पालाई भुक्तानी गरेको हो । मृतक बीमित खपांगी र शेर्पाका आफन्तलाई दाबी पर्न आएकै दिन क्रमशः रू. १३ लाख र रू. १४ लाख दाबी रकम कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्यले एक समारोहबीच हस्तान्तरण गरेका छन् ।