शाओमीको ४८ एमपी ट्रीपल क्यामेरा भएको एमआई ए३ नेपालमा बिक्री शुरु, मूल्य २४ हजार रुपैयाँबाट शुरु |
काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एन्ड्रोइड वान–पावर्ड फोनको लाईनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको नयाँ स्मार्टफोन एमआई ए३ नेपाली बजारमा ल्याएको छ ।
एमआई ए३मा एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरिएको कम्पनीले जनाएको छ । यो फोनको सुरुवाती मूल्य २३ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । कम्पनीका अनुसार फोनमा क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट, एमोल्ड सुपर डिस्प्ले, ४०३० एमएएच ब्याट्री, ४८ एमपी ट्रीपल क्यामेरा सेटअप र इन–स्क्रिन फिङगरप्रिन्ट स्क्यानर लगायतका सुविधा छन्। यो फोन गुगल एन्ड्रोइड वान प्रोजेक्टद्वारा संचालित हुन्छ र यसमा एन्ड्रोइड ९ पाई पनि छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “एमआई ए३ को सार्वजनिकसँगै हामी हाम्रा एमआई फ्यानका लागि अविश्वसनीय विशेषताका साथ अर्को एन्ड्रोइड वान फोन ल्याउन पाउँदा निकै खुसी छौं । गुगल पार्टनर प्रोग्रामका निर्देशक जोन गोल्डले शाओमीसँगको साझेदारीमा एन्ड्रोइड वान पोर्टफोलियोमा अर्को उत्कृष्ट उपकरण थप्न उत्साहित भएको बताए ।
फ्ल्यागसीप–लेबल ४८ एमपी एआई ट्रीपल क्यामेरा सेटअप एन्ड्रोइड वानबाट संचालित प्रत्येक एमई ए सिरिज उपकरणले स्टीलर क्यामेराको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । यो मोबाइलमा सोनीको ४८ एमपी आइएमएक्स ५८६सेन्सर, ८ एमपी अल्ट्रा वाइड र २ एमपी डेप्थ् सेन्सर लगायतका विशेषताहरु रहेको कम्पनीले जानकारी दिएको छ । ४८ एमपी ठुलो आधा–इन्च सेन्सरले इमेजको गुणस्तर कायम राखेर अधिकतम विवरण संकलन गर्ने कम्पनीले जनाएको छ ।
मोबाइल काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ४ जीबी प्लस ६४ जीबी भेरियन्ट २३ हजार ९९९ रुपैयाँ र ६ जीबी प्लस १२८ जीबी भेरियन्ट २७ हजार ९९९रुपैयाँमा दराज डटकम र सस्तो डिलमार्फत किन्न सकिनेछ ।