सिन्धु विकास बैंकको संस्थापक हकप्रद लिलामीमा |
काठमाडौं (अस) । सिन्धु विकास बैंकको ५ लाख ३५ हजार ३ सय १ कित्ता स्ंस्थापक हकप्रद शेयर लिलामी हुने भएको छ । बैंकले चुक्तापूँजी बढाउन गत भदौ १८ देखि कात्तिक ५ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेको उक्त संस्थापक हकप्रद शेयर लिलामी प्रक्रियाबाट बेच्न लागेको हो ।
उक्त शेयर खरिदका लागि बोलपत्र पेश जेठ ११ देखि शुरु भई २७ गतेसम्म गर्न सकिने । सोका लागि आवेदन एनआईबीएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट र लालदरबार, लगनखेल, चिप्लेढुङा, बुटलबल, बीरगञ्ज, र विराटनगरबाट पाइनेछ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारयणगढ र धनगढी शाखाबाट पाइने एनआईबीएल एसले जनाएको छ ।