चिनियाँ विदेशमन्त्री चन्द्रागिरिमा, एक घण्टा हाइकिङ |
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौंको पर्यटकीय गन्तब्य चन्द्रागिरि भ्रमण गरेका छन् । यी लाई आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल र संचालक अम्बिकाप्रसाद पौडेलले स्वागत गरेका थिए ।
उनले चन्द्रागिरिमा रहेको रिर्सोटबाट भञ्याङसम्म एक घण्टा हाइकिङ समेत गरेका थिए।चन्द्रागिरि केवलकार चढेर मन्दिर र पृथ्वीनारायणको शालिक हेरिसकेपछि उनी रिर्सोट पुगे । रिर्सोटबाट उनी हाइकिङ जान तयार भए।उहाँले एक घण्टा हिडेर भज्याङसम्म पुगेका थिए । उनले नेपालमा व्यवस्थित हिसाबले पर्यटकीय गन्तब्यको रुपमा विकास गरेकोमा समेत प्रशंशा गरेका थिए’ चन्द्रागिरि हिल्सका संचालक पौडेलले भने,’यस्तै पर्यटकीय गन्तब्य तयार पारेर पर्यटक तान्नुपर्ने सुझाब पनि दिएका थिए ।’
यीको चन्द्रागिरि भ्रमणले नेपाल सुरक्षित गन्तब्य रहेको सन्देश गएको पौडेलले बताए । ‘भ्रमण वर्षको पूर्वसन्ध्यामा चीनको उच्चस्तरका मन्त्रीबाट नेपालको पर्यटकीय गन्तब्यमा गएर हाइकिङ समेत गर्दा विश्वभरनै राम्रो सन्देश गएको छ’ उनले भने । यीले चन्द्रागिरिबाट विभिन्न हिमश्रृंखला हेरेका थिए । उनले चन्द्रागिरिमा छिनछिनमा परिवर्तन हुने मौसमका कारण समेत पर्यटकलाई लोभ्याउने बताएका थिए । उनी चन्द्रागिरिमै लन्च खाएर फर्किएका थिए ।