एनआईसी एशियाको कृषि तथा पर्यटन व्यवसाय कर्जा योजना, ५ प्रतिशत ब्याज अनुदान दिने |
काठमाडौं (आपा) । आफ्ना ग्राहकहरुको हितका लागि विभिन्न समयमा विभिन्न किसिमका योजना ल्याउँदै आएको एनआईसी एशिया बैंकले हालै अर्को योजना सार्वजनिक गरेको छ । बैंकले हालै ग्राहकहरुसामु ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन व्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले कृषि तथा पर्यटन क्षेत्रलाई सवल बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको जानकारी दिएको छ ।
कृषि तथा पर्यटन क्षेत्रमा स्व–व्यवसायलाई थप प्रबद्र्धन तथा भएको व्यवसायलाई विस्तार गर्ने योजना बनाइरहेका व्यवसायीहरुलाई बैंकले ल्याएको यो योजनाले थप योगदान पुग्ने बैंकको दाबी छ ।
बैंकले व्यावसायिक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पूरा गरेका कृषि उद्यमीलाई नेपाल सरकारको नीतिबमोजिम ५ प्रतिशत ब्याज अनुदानका लागि आवश्यक व्यवस्था मिलाएको छ । साथै शून्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने यस योजनाबाट कृषि उद्यमीलाई आफ्नो व्यवसाय विस्तारमा लाभ पुगी मुलुकको कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने बैंकको विश्वास छ ।
सरकारले निर्धारण गरेको मापदण्डभित्र नपर्ने कृषि तथा पर्यटन व्यवसायीहरुलाई समेत यस बैंकले सुलभ ब्याजदरमा कर्जाको व्यवस्था गरेको बैंकले बताएको छ ।