२ ओटा बिक्यो ‘औडी’ |
काठमाडौं । विश्व विख्यात सवारी निर्माता कम्पनी औडीको इ–र्टन मोडलको एसयुभी नेपालमा २ ओटा बिक्री भएको छ ।
प्रिन्सा मोटर्सले नेपाल भित्राएको औडीको विद्युतीय एसयुभी इ–र्टन ३ मध्ये २ वटा विक्री भइसकेको औडी गाडीको बिक्री वितरणको जिम्मा पाएको राम्रो मोटर्सका संचालक विशाल वथवालले जानकारी दिए ।
‘सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएकोले औडीको विद्युतीय एसयुभी नेपाल ल्याइएको हो, प्रतिकृया निकै राम्रो आइरहेको छ,’ उनले भने ।
फूल चार्जमा ४ सय किलोमिटर चल्न सक्ने भनिएको इ–र्टन १ सय ५० किलोवाटको चार्जरले २५ मिनेटमा फूल चार्ज हुने उनले जानकारी दिए ।
४ ह्विल ड्राइभको इ–र्टन मूल्य कम्पनीले १ करोड ७५ लाख निर्धारण गरेको छ । यो मूल्य तुलनात्मक रुपमा सस्तो भएको वथवालले बताए ।
‘ब्राण्ड हेरी यो मूल्य सस्तो हो। कम्पनीले थोरै मात्र मार्जिन राखेर गाडी बेचेको छ,’ उनले भने । कम्पनीले ग्राहकको सेवाको लागि धुम्बाराइमा सर्भिस सेन्टर समेत बनाईसकेको उनले जानकारी दिए । अहिलेसम्म अडी व्यवसायी सौरभ ज्योति र विष्णु न्यौपानेले किनेका छन् ।