नेप्सेमा तीन कम्पनीको बोनस सूचिकृत |
काठमाडौं। शुक्रबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार कक्षमा २२ करोड ४३ लाख रुपैयाँ बराबरका बोनस शेयर सूचिकृत भएका छन्। सिर्जना फाइनान्स, समता माइक्रोफाइनान्स र मितेरी डेभलपमेन्ट बैंकका बोनस थपिएका हुन्। सूचिकृत शेयर आउँदो साताबाट कारोबारमा आउने छ।
सूचिकृत शेयर
कम्पनीको नाम | बोनस कित्ता |
सिर्जना फाइनान्स | ९८२८०० |
समता माइक्रोफाइनान्स | ६३२०० |
मितेरी डेभलपमेन्ट बैंक | ११९७०६९ |
जम्मा | २२४३०६९ |
शुक्रबारै नेप्सेले दुई कम्पनीको मूल्य समायोजन गरेको छ। एशियन लाइफ इन्स्योरेन्स र वोमि माइक्रोफाइनान्सको मुल्य समायोजन गरेको नेप्सेले जनाएको छ।
नेप्सेले एशियन लाइफ इन्स्योरेन्सको चार प्रतिशत बोनसपछि मुल्य समायोजन गर्दै प्रति कित्ता मुल्य ८२० रुपैयाँ कायम गरेको छ।यसैगरी वोमि माइक्रो फाइनान्सको ३० प्रतिशत हकप्रदपछि प्रति कित्ता १४ सय ३० रुपैयाँ मूल्य कायम भएको छ।