देशभर अण्डाको मूल्य एउटै बनाउन पहल गरिने |
काठमाडौं । देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन अण्डा उत्पादक संघले पहल गर्ने भएको छ ।
अण्डाको मूल्यमा एकरुपता नहुँदा किसान व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै संघले मंगलबार काठमाडौंमा अण्डा उत्पादक किसान र वितरकबीच छलफल गरेको हो ।
अहिले कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट २५५ रुपैयाँ र मध्यम अण्डाको प्रति क्रेट १७० रुपैयाँ भए पनि ठाउँअनुसार मूल्य प्रति क्रेट ३० देखि ४० रुपैयाँ फरक रहेको संघको ठहर छ ।
देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन वितरकलाई निश्चित कमिसन निर्धारण गर्न लागिएको अण्डा उतपादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसिले बताए ।
यता नेपाल अण्डा वितरक संघका महासचिव सुर्यमान शाक्यले भने ३ प्रतिशत भन्दा कम मुनाफामा अण्डा विक्री वितरण गर्न नसकिने बताए ।
मकैको मूल्य वृद्धि भएको वहानामा दाना उद्योगले दानाको मूल्य बढाउँदा अहिले किसानले लागत अनुसार अण्डाको मूल्य पाउन सकेका छैनन् । प्रति गोटा अण्डा उत्पादन गर्न १० रुपैयाँ लागत पर्ने भएपनि अहिले किसानले ८ रुपैयाँ भन्दा पाउन सकेका छैनन् ।